बुटवल,२३ फागुन ।
बुटवलमा सिटिईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीकाे पुतला दहन भएको छ ।
उपाध्यक्ष अधिकारीको बर्खास्ती र गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको रिहाईका लागि दबाबमुलक संघर्ष अन्तर्गत
बुटवलको नेपालगन्ज राेडमा पुतला दहन गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मनाेज थापाले जानकारी दिए ।
माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीलाई भ्रष्ट/कमिसनखोर भएको आरोप लगाएर कालोमोसो लगाएको थियो ।
उनलाई कालोमाेसाे दलेको आराेपमा अखिल क्रान्तिकारीका केही नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।






