बुटवल,१८ साउन ।
सशस्त्र प्रहरी भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाबाट खटिएको टोलीले भैरहवा नजिकैको ओमसतिया गाउँपालिका–४ बसन्तपुरको बाइपासस्थित एक घरकाे खुल्ला सटरमा तीनवटा कार्टुनभित्र लुकाएर राखिएका मोबाइलका कभर बुधबार बरामद गरेको हो ।
गुल्मका अनुसार, बरामद भएका सामग्रीमा ३ सय २५ थान आइफोनको कभर, आइफोनको सुपरग्लास १ हजार थान र आइफोनकै स्मार्ट वाच कभर २७ थान रहेका छन् ।
पक्राउ गर्न गएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करले उक्त स्थानमा खुल्ला अवस्थामा रहेको एउटा सटरभित्र ती सामाग्री छाडेर फरार भएको र बरामद भएकाे गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण शर्माले बताए ।
उनलेे बरामद सामाग्री भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताए । उनका अनुसार, बरामद गरिएका ती सामाग्रीको मूल्य ५ लाख ४२ हजार ५ सय रुपैयाँ रहेको छ ।






