बुटवल,१५ साउन ।
नेपाल घरबहाल सरोकार संघ रूपन्देहीको १२ औं साधारणसभा सोमबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्ने वक्ताहरुले घरबहालको बिषयमा पुनर्बिचार गर्न नसके बुटवलको बजार थप संकटमा पर्ने बताए ।
बुटवलमा प्रदेशको अस्थायी राजधानी तोकिदा घरधनीले हौसियर घरभाडा बढाएको भन्दै उनिहरुले राजधानी अन्यत्रै सर्दा र कोभिड–१९ का कारण अर्थतन्त्रमा आएको शिथिलताका बाबजुद पनि घरघाडा नघटाउदा ब्यवसायीहरु पलायन भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ३२५ बि का पुर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले बुटवलमा प्रदेशको अस्थायी राजधानी तोकिनु र भैरहवामा अन्तराष्ट्रिय एयरपोर्ट बन्दै गर्दा ब्यवसायीहरुले यस क्षेत्रमा ठुलो लगानी गरेको भन्दै उनले राजधानी अन्यत्रै सर्नुको ब्यवसायीहरुको लगानी जोखिममा परेको बताए ।
प्रदेशको अस्थायी राजधानी तोकिनु र भैरहवामा अन्तराष्ट्रिय एयरपोर्टलाई मध्यनजर गरी ब्यवसायीहरुले हौसिएर यस क्षेत्रमा ठुलो लगानी गरेको र यहाका घरधनीहरुले पनि घरघाडा बढाएको भन्दै उनले आफुले सञ्चालन गरेको सपिङ्ग कम्पलेक्सका ४० प्रतिशत कोठा खाली रहेको गुनासो गरे ।
घरबहाल सरोकार महासंघ निवर्तमान केन्द्रीय अध्यक्ष शंकरप्रसाद कोइरालाले बुटवलबाट प्रदेश राजधानी सरेपछि बुटवलका ३५ प्रतिशत सटर खाली भइसकेको र अब ५० प्रतिशत खाली हुने बताए ।
घरबहाल सम्बन्धि समस्या समाधानमा स्थानीय सरकार गम्भीर नदेखिएको भन्दै उनल भोलीका दिनमा कुनै ब्यवसायीले आत्महत्या गर्याे भने त्यसको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने चेतावनी दिए ।
उनले घरबहाल कर दुई प्रतिशतमा झार्नुपर्ने बताए ।
मानवअधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले कोभिड–१९ पछि विश्वमा आएको आर्थिक मन्दिका कारण घरबहाल सम्बन्धि समस्या थप बढेर गएको भन्दै यो समस्या तिनै तहका सरकारका समस्या हो भन्ने बुझाउन जरुरी रहेको बताए ।
नेपाल घरबहाल सरोकार संघ रूपन्देहीका अध्यक्ष राजु लिगलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष लेखनाथ भण्डारी,निवर्तमान अध्यक्ष खगेन्द्र पौडेल,सल्लाहकार समुन्द्र जिसी,हरिश ढकाल, संघका बरिष्ठ उपाध्यक्ष टुकलाल न्यौपाने महासचिब कृष्ण खनाल लगायतले पछिल्लो समय घरबहाल सम्बन्धी समस्या थप विकराल बन्दै गएको भन्दै समस्या समाधानमा स्थानीय सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।






