बुटवल,१४ साउन ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले संगठनका शहिद मनाेज- झपेन्द्र-सुरेन्द्रकाे स्मृतिमा बृध्दा आश्रममा खाद्यान्न वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संगठनले बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित सिध्दबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृध्दा आश्रममा रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरी वहाँहरुको लागि संगठनले खाद्यान्न सामग्री प्रदान गरेको हो ।

आईतबार नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, संगठका केन्द्रीय सचिवालय सदस्य दिपक शर्मा पौडेलको प्रमुख आतिथ्यता, सचिवालय सदस्य काशिरााम आचार्य, केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारी, आश्रमका व्यवस्थापक अनुपा राना लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको संगठनले जनाएको छ ।

नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष खनाल, प्रमुख अतिथी शर्मा लगायतले उक्त खाद्यान्न सामग्री आश्रमका व्यवस्थापक रानालाई प्रदान गरेका हुन् ।

साे अबसरमा आश्रममा आश्रीत जेष्ठ नागरिकहरुको स्वास्थ्यकर्मीहरु वैेकुण्ढ जिसी, नेेत्रप्रसाद आचार्य र ठानेश्वर वस्यालले लगायतले स्वास्थ परिक्षण गरेका थिए ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि पौडेेल केेन्द्रीय सदस्य भण्डारी लगायततले शहिद स्मृति दिवसका अवसरमा आश्रममा खाद्यान्न सहयोग गर्नु र जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नु अतिनै महत्वपुर्ण काम भएको बताएका थिए ।

आश्रममा रहेका व्यक्तिहरुलाई दैनिक जिबिकोपार्जनमा थोरै भए पनि सहयोग होस् भन्ने उद्धेश्यले स्मृति दिवसका अवसरमा खाद्यान्न वितरण तथा स्वास्थ्य परीक्षण गरिएको संगठनका अध्यक्ष खनालले बताए । आगामी दिनमा पनि आश्रमलाई सहयोग गर्न संगठन सधै तयार रहेको उनले प्रतिवद्धता जनाए ।
आश्रमका व्यवस्थापक रानाले आश्रममा भएका व्यक्तिहरुलाई सम्झेर आश्रमसम्म आएकोमा खुशी व्यक्त गरे ।

जेष्ठ नागरिकहरुलाई आश्रय दिने उद्देश्यले आश्रम स्थापना भएको बताउँदै सामाजिक सहयोग नै मुख्य स्रोत रहेकोले आश्रमलाई खाद्यान्न उपलब्ध गराउनुका साथै आश्रित जेष्ठ नागररिकको स्वास्थ्य परीक्षण गरी शहिद स्मृतति दिवस आश्रममा मनाएर नेपाल निजामति कर्मचारी संगठनले अनुकरणीय काम गरेको भन्दै उनले धन्यवाद दिईन ।

सह-सचिव प्रदिप गिरीकोे सञ्चालनमा कार्यक्रम भएको हो । संगठनले विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आएको छ ।