बुटवल,२५ असार ।
नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक उमेश दाहालले कृषि तथा पशुपन्छीको क्षेत्रमा नविनतम प्रबिधिको विकास र अनुदान बितरणमा नमुना कामको थालनी गरेको बताएका छन ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग इकाई बुटवलद्धारा सोमबार बुटवलमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आयोजनाले कृषि तथा पशुपन्छीको क्षेत्रमा नविनतम प्रबिधिको विकास र अनुदान बितरणमा नमुना कामको थालनी गरेको बताएका हुन ।
अन्य आयोजना भन्दा यसमा किसानले समुहलियत दरमा कृषि कर्जा प्राप्त गरेको जानकारी दिदै उनले उप आयोजनाले कामको आधारमा ५० प्रतिशतमा अनुदान उपलब्ध गराएको बताए ।

२० प्रतिशत किसान, समुह सहकारीको लगानी र बैंक तथा वित्तीय संस्थाबाट ३० प्रतिशत कर्जा लगानीमा किसानलाई ५० प्रतिसतसम्म अनुदान उपलब्ध गराउदै आएको बताउदै निर्देशक दाहालले अनुदान तथा पुर्वाधार निर्माणमा अन्य आयोजान भन्दा यो आयोजना नमुना भएको दाबी गरे ।
कार्यक्रममा विकेन्द्रीकृत सहयोग एकाई बुटवलका आयोजना संमन्वय प्रमुख, बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले ५ बर्षे आयोजना मार्फत बुटवल कार्यालय अन्र्तगतका ७ वटा जिल्लामा आयोजना लागू भएको जानकारी दिए ।

उनले समुह सहकारीका कुल ४७ वटा उप आयोजनालाई बुटवल कार्यालयले किसानलाई कुल २६ करोड ९८ लाख १० हजार ८ सय ७१ रुपैयाँ निजी फार्म तर्फ हाल सम्म १५ करोड ४२ लाख ६६ हजार ४ सय ९३ रुपैयाँ अनुदान प्रदान गरेको बताए । जसमा अझै ७ वटा उप आयोजनाको आगामी साउन महिनाको पहिलो सातासम्म अनुदान रकम प्रदान हुने उनले बताए ।

पहिलो चरणमा समुह सहकारी मार्फत काम गरेको आयोजनाले दोस्रो चरणमा निजी फार्महरुको लागि अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको थियो ।
आयोजना संमन्वय प्रमुख डा. उपाध्यायका अनुसार पहिलो चरणमा समुह सहकारी मार्फत कुल ५० वटा समझौता गर्न आएकोमा ४७ वटा आयोजना मात्रै ले पुरा काम गरी भुक्तानी लगेर उप आयोजना सम्पन्न भैसकेका छन् । यस्तै दोस्रो चरणमा निजी फार्महरु कुल ११७ वटा छनौट भएकोमा ७९ वटा उपआयोजनाहरुले पहिलो किस्ता बापतको रकम लगिसकेका छन् । दोस्रो किस्ताको करम लैजाने उप आयोजनाहरु ७० वटा दोस्रो किस्ता र ६९ वटा उप आयोजनाले तेस्रो किस्ता बापतको रकम समेत लगिसकेको सो कार्यालयले जनाएको छ ।

सहयोग एकाई बुटवलका अनुगमन तथा मुल्याङ्ककन अधिकृत डा. शिवलाल भुषालका अनुसार समुह सहकारीमा ३२ वटा दुध र दुग्धजन्य पदार्थका, १५ वटा मासु तथा मासुजन्यका उप आयोजानहरुमा काम गरेको थियो । त्यस्तै निजी फार्म तर्फ दुग्ध पद्धार्थ उत्पादन तथा प्रशोधन तर्फ ५४ वटा, मासुजन्य पद्धार्थको उत्पादन र प्रशोधनमा २५ वटा उप आयोजानहरुमा लगानी भएको छ ।

सो कार्यालयका योजना अधिकृत डा. अरुण खनालले समुह, सहकारी , नीजि फार्म को अलवा विकेन्द्रीकृत सहयोग एकाई बुटवलले सियारी गाउँपालिकामा नमुना पशु हाट बजार स्थापना गरेको र अर्घाखाँचीको सितगंगामा खसी बोका संकलन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको जानकारी गराए ।

यस्तै रुपन्देहीको सेमलारमा साना किसान कृषि सहकारी संस्था मार्पmत साईलेज उत्पादन गरी विक्रि वितरण गर्नुका साथै पशु आहारा सम्बन्धी प्रशोधन केन्द्र निर्माण, पशु स्वास्थ्य केन्द्रमा एक्सरे र युएसजी(भिडियो एक्सरे) मेसीन समेत प्रदान गरेको उनले बताए ।