बुटवल,२२ असार ।
लघुवित्त वीत्तीय संस्था पिडितहरूले लघुवित्त वीत्तीय संस्था बिरूद्व प्रदर्शन गरेका छन् ।

रूपन्देहीको देवदह नगरपालिकाकाे खैरेनीमा जम्मा भएका सयाैं पिडितहरूले बिराेध प्रदर्शन गरेका हुन् ।

उनिहरूले लघुवित्त वीत्तीय संस्था मुर्दाबाद,नव सामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर,समाजवादी अर्थतन्त्र को विकाश गर,लगुबित संस्था द्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर,लघुवित्त कर्मचारी होसियार, कर्मचारी गाउँमा छिर्न दिदैनौं, लघुवित्त संस्था खारेज गर जस्ता नारा लगाएका थिए ।
लघुवित्त बित्तीय संघर्ष समितिको केन्द्रिय सर्कुलर अनुसार लघुबित्तिय संघर्ष समितिद्धारा आज ३ घण्टा १०:०० बजेदेखि १३:०० बजेसम्म लुम्बिनी प्रदेश बन्द (चक्काजाम) गर्ने कार्यक्रम रहे पनि सडकमा बिराेध प्रदर्शन मात्रै गरका हुन् ।
पछिल्लो समय लघुवित्त बित्तीय संस्था नव सामन्तवादकाे रूपमा उदाएकोले त्यस्ता संस्था खारेज गर्नुपर्ने लघुवित्त बित्तीय संस्था संघर्ष समिति लुम्विनी प्रदेश उपाध्यक्ष बद्रि देवानले बताए ।






