बुटवल,२० असार ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रूपैयाँ घुससहित अख्तियारकाे टोलीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकम लिदै गर्दा नियन्त्रणमा लिएको साे कार्यालयले जनाएको छ ।
गाउँपालिकामा सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिदै गरेको अबस्थामा यादवलाई गाउँपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको अख्तियारकाे बुटवल कार्यालयले जनाएको छ ।






