दाङ,१७ असार ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे अबरोधका कारण
लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज बसेकाे प्रदेश सभाको बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका थिए । अर्थमन्त्री मास्की बोल्दै गर्दा एमालेका प्रदेश सभा सदस्यहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

एमालेकाे अबरोधका कारण सभामुख तुलाराम घर्तीले बैठक साेमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

असार १३ गतेका लागि बाेलाइएकाे बैठक पनि एमालेकाे अबरोधका कारण स्थगित भएको थियो ।

बजेटको विषयमा असहमति जनाउँदै एमालेले बैठक अबरुद्ध गर्दै आएको छ ।