बुटवल,१७ असार ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधकाबीच लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ ।
पुर्ब निर्धारित समयभन्दा दुई घण्टाभन्दा बढी ढिला सुरु भएको बैठकमा अर्थमन्त्री मास्कीद्वारा बजेटमाथिकाे छलफल प्रारम्भ गर्ने प्रस्ताव पेस गरेका छन् ।
अर्थमन्त्री मास्कीले उक्त प्रस्ताव पेस गर्दा नेकपा एमालेका प्रदेश सभा सदस्यहरूले नाराबाजी गरिरहेका थिए ।
नेकपा एमालेका अबरोधका कारण सुचना टासेर स्थगित भएको लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि बाेलाइएकाे थियो ।
आजकाे बैठकमा अर्थमन्त्री मास्कीले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रदेश सभामा पेस गरेको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसुचि रहेको थियो ।
अर्थमन्त्री धनबहादुर मास्कीले असार १ गते प्रदेशसभामा ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट पेस गरेका थिए ।
बजेटमा असहमति जनाउँदै नेकपा एमालेले प्रदेश सभाको बैठक अबरुद्ध गर्दै आएको छ ।
बजेटमाथिको छलफलका लागि असार १० गते आव्हान गरिएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो ।
त्यसपछि असार १३ गते बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरुद्ध गरेपछि सूचना टासेर आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकअघि बिहान ११ बजे कार्य ब्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
सरकार जसरी पनि बजेटमाथि छलफल गरी पारित गर्ने तयारीमा जुटेका बेला विपक्षी दल एमालेले भने आफूले उठाएको प्रशनको चित्तबुझ्दो जवाफ नपाएसम्म प्रदेशसभा चल्न नदिने अडानमा छ ।






