बुटवल,१३ असार ।
बचकर्ताको बचत अपचलन गरेको आरोपमा बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती पक्राउ परेका छन् ।
सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।
सहकारीका बचतकर्तालाई रकम नदिएको भन्ने उजुरीका आधारमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । घर्ती विरुद्ध ५० भन्दा बढि बचतकर्ताले प्रहरीमा निवेदन दिएको प्रहरीले जनाएको छ ।






