बर्दिया,४ जेठ ।
बर्दियामा यातायात बन्द गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लघुवित्त ज्यादतीविरुद्ध संर्घष समितिले बिहीबार बर्दियामा आह्वान गरेको एक दिने यातायात बन्द गर्न खोज्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यातायात सेवा बन्द गर्न खोज्ने गुलरिया नगरपालिका-५ का ३४ वर्षीय रञ्जित शाह र सोही पालिका-८ बस्ने ३५ वर्षीय राजेश कुर्मीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले बताए ।
दुवै जनालाई बसपार्कबाट नियन्त्रणमा लिएको उनले जनाए । संघर्ष समितिका दुई अगुवा पक्राउ परेपछि यातायात सेवा सुरु भएको प्रहरीले जनाएको छ ।





