बुटवल,२६ बैशाख ।
लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा नहकुल केसी नियुक्त भएका छन् । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा स्थानीय विकास विज्ञ केसीलाई नियुक्त गरेको हो ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।

लामो समयदेखि सामाजिक विकासको क्षेत्रमा क्रियाशील केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि हुन् । केसी तुलसीपुर उपमहानगरपालिका ६ का स्थायी बासिन्दा हुन् ।