बुटवल,१८ बैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टीले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष
डा. महावीर पुनले राखेका मागहरु यथाशिघ्र सम्बोधन गर्न माग गरेको छ ।
पार्टीका महासचिव टोप अस्लामीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरि राष्ट्रिय सम्वृद्धिका लागि आफूलाई समर्पित गरेका डा.महावीर पुनले राज्य समक्ष राखेका ४ बुँदे माग मूलुकको सर्वोपरी हितका लागि अति महत्वपूर्ण भएकोले उक्त मागहरु यथाशिघ्र सम्बोधनका लागि सरकार समक्ष माग गरेकाे हो ।
´राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी मूलुकको सबल अर्थतन्त्र र राष्ट्रिय सम्वृद्धिका लागि आफूलाई समर्पित गर्नु भएका डा. महावीर पुनले राज्य समक्ष गर्नु भएको उक्त ४ बुँदे माग मूलुकको सर्वोपरी हितका लागि अति महत्वपूर्ण भएकोले उक्त मागहरु यथाशिघ्र सम्बोधनका लागि सरकार समक्ष राष्ट्रिय जनमुक्ति पार्टी जोडदार माग गर्दछ ।´-विज्ञप्तिमा भनिएको छ ।
डा. महावीर पुनले राष्ट्रिय हितका लागि राज्य समक्ष ४ बुदे माग राखि काठमाडौं (माईतीघर मण्डला) मा शुरु गरेकाे धर्ना कार्यक्रमप्रति राष्ट्रिय जनमुक्ति पार्टी आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गरेकाे छ ।
अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषको स्थापना गर्नु पर्ने, अनुसन्धान, नवप्रवर्तन र आविस्कार प्रवर्धन, स्वचालन तथा खरीद ऐनको निर्माण गर्नुपर्ने,नवउद्यमी प्रवर्धन समिति गठन गर्नु पर्ने र व्यवहारिक अनुसन्धान र नवप्रवर्धन विभागको स्थापना गर्नुपर्ने जस्ता मुख्य माग राखेर पुनलाई बैशाख १५ शुक्रबारदेखि काठमाडौं (माईतीघर मण्डला) मा शुरु गरेका छन् ।





