बुटवल,१६ वैशाख ।
प्रत्यक बर्ष मदिराको अन्तशुल्कमा अस्वभाविक बृद्धिले भारतबाट भन्सार छली ल्याइने बिदेशी मसिराले नेपाली मदिरा ब्यवसायी पलायन हुने अवस्था आएको र सरकारको राजश्व अशुली समेत प्रभावित भएको सरोकारवालाहरुले बताएका छन् ।

मदिरा ब्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा मदिरा कर नीति सन्दर्भमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले प्रत्येक वर्ष अन्तशुल्क बढ्ने र अर्को तर्फ खुला सिमाका कारण अबैध मदिरा भित्रिदा समस्यामा परेको बताएका हुन् ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य हरि बहादुर भण्डारीले मदिराको ब्राण्ड भ्यालु छुटयाउनुपर्ने बताए । विश्वब्यापी नै ७० युपिएका मदिरा अबैध हुने भएपनि यस्ता मदिरालाई सरकारबाट आवश्यक रोकथाम नगर्दा मदिरा ब्यवसायीको समस्यामा पर्नुकासाथै राज्यले पनि ठूलो मात्रामा राजश्व गुमाउनुपरेको दाबी गरे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपालले कुल राजश्वमा २५ प्रतिशत योगदान दिदै आएका मदिरा ब्यवसायीहरुप्रति सरकार अनुदार रहेको गुनासो गरे । प्रत्यक बर्ष गरिने मदिराको अन्तशुल्क बृद्धिले मदिरा ब्यवसायबाट ५० प्रतिशतभन्दा बढि कर उठ्न नसकेको उनको भनाई थियो ।

महासंघका केन्द्रिय सदस्य सन्देश कक्षपति, केन्द्रीय सदस्य रमेश बेल्बासे, लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद भट्टराई, संघका पुर्व महासचिव प्रितम गिरिले सरकारले प्रत्येक वर्ष मदिराको अन्तशुल्क बढाउदा स्वदेशी ब्यवसायीहरु ठूलो मारमा परेको बताए ।

मदिरा संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरिराज पौडेल, संघका द्घितिय उपाध्यक्ष बाबुराम ज्ञवाली, उपाध्यक्ष नारायण भुषालले सरकारबाट अधिकतम मूल्य बढाएर नभई अधिकतम विक्रि बढाएर राजश्व बृद्धि गर्ने नीति अवलम्वन गर्नुपर्ने सुझाव दिए ।

संघका अध्यक्ष कृष्ण गौतमले सरकारले करमा मात्रै ध्यान दिएकाले मदिरा व्यवसायी पलायन हुनु पर्ने अवस्था आएको दुखेसो व्यक्त गरे ।
कार्यक्रममा संघका महासचिव किशोर पन्थीले सिमा क्षेत्रबाट भित्रने मदिरा रोक्न पटकपटक अनुरोध गरिदा पनि त्यसको नियन्त्रणमा सरकारले चासो नदेखाएको बताए ।