बुटवल,१४ बैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश समितिले आगलागी पिडित पार्टीका अर्घाखाँची अध्यक्ष मधु बहादुर सारूलाई राहत प्रदान गरेको छ ।

पार्टीका महासचिव टाेप अस्लामीकाे नेतृत्वमा उनको अर्घाखाँची सितगंगा न.पा. वडा नं. ४ – ठाडा, ओखलढुंगा टाेल स्थित उनको निवासमै पुगेर खाद्यान्न र राहत रकम हस्तान्तरण गरेका हुन् ।

उनको यही बैशाख ७ गते घर गाेठमा आगलागी भएको थियो ।
आगलागीबाट पिडित भएका सारूलाई हाैसला प्रदान गर्न उनको निवासमा पुगेको पार्टीको (लुम्बिनी/लुथम) प्रदेश समितिले आकस्मिक रूपमा राहत संकलन गरि हस्तान्तरण गरिएको पार्टीका प्रदेश समिति काेषाध्यक्ष धनीसरा थापाले जानकारी दिइन् ।

घट्नाकाे स्थलगत अवलाेकनका लागि पार्टीका प्रदेश अध्यक्ष झम बहादुर गुरूङ्ग, उपाध्यक्ष लीलमाया राना, सचिव चित्र प्रसाद गुरूङ्ग, काेषाध्यक्ष धनीसरा थापा, राष्ट्रिय महिला माेर्चा, रूपन्देहीका अध्यक्ष ज्याेति थापाकाे टाेली घटनास्थल पुगेको साे पार्टीले जनाएको छ ।