बुटवल,२५ चैत ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा ८८.५% मतदान भएको छ ।
कूल १२०३ मतदाता रहेकोमा १०७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मतदान सम्पन्न भएसँगै मतगणना सुरु भएको छ ।
२ वर्षे कार्यकालको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा रहेका छन् ।
संघको अध्यक्ष पदका लागि बाबुराम गौतम र लेखनाथ भण्डारीले छुट्टाछुट्टै प्यानल बनाई चुनावी अभियानमा होमिएका छन् ।
गौतम प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश), द्वितीय उपाध्यक्ष खेमराज ज्ञवाली, महासचिवमा मोहनलाल पाण्डे, सचिव डिल्लीराज अर्याल, सहससचिव मोहन बस्याल (सत्यमोहन), सह कोषाध्यक्ष माधव ढकाल उम्मेदवार रहेका छन् । सदस्यहरुमा एक बहादुर गाहा मगर, एकादेव पाण्डे, तिरास लाम्टाङ्गे मगर, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, मुरारी पाण्डे, यज्ञमुर्ती भण्डारी, सीता ढकाल र सुन्दरकुमार श्रेष्ठ उम्मेद्वार रहेका छन् ।
भण्डारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद पोखरेल, पर्यटन उपाध्यक्षमा चुत्र बहादुर पौडेल (टेकु), प्रथम उपाध्यक्षमा केशवराज पौडेल, द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई (जनप्रेमी), महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा अर्जुन पोखरेल तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पाण्डे रहेका छन् । यसैगरी सदस्यहरुमा पिताम्बर राना, सन्तोष खड्का, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, ज्ञानप्रसाद खनाल, मनोज गुरुङ, पदम पौडेल, द्वारिकाप्रसाद न्यौपाने, दिपक योगी, कमला पाण्डे र केशवराज पाण्डे रहेका छन् ।
संघको कोषाध्यक्ष भने राम बहादुर न्यौपाने यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् ।






