बुटवल, २० चैत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ डाँडागाउँ क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएको साढे ५ लाख रुपैयाँ बराबरको कपडाहरू बरामद गरेको हो ।

चोरीपैठारी गरी कपडा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सिद्धार्थनगर–१२ डाँडागाउँबाट ५ लाख ४५ हजार रुपैयाँ बराबरको ती कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद भएका पठानी जेन्स सुट १४५ थान, टप सेट ३०२ थान, कुर्ता सुरवाल ३९ थान, टिसर्ट २९७ थान, जेन्स सट १५० थान, साडी ३७० थान, जुत्ता २६ जोर र टप्स ७५ थान कपडाहरु बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।