बुटवल,१९ चैत ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सरकारी स्वामित्वमा रहेका संस्थानहरु समय सापेक्ष रुपमा परिमार्जीत गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार बुटवलमा आयोजित नेपाल दुग्ध बिकास संस्थान कर्मचारी संघको ३० औं बार्षिकोत्वस कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले उक्त कुरा बताएका हुन् ।
सरकारी स्वामित्वमा रहेका संस्थानहरु निजि क्षेत्रबाट सञ्चालीत ब्यवसायीक प्रतिष्ठानहरुसँग प्रतिस्पर्धामा उत्रिन सक्नुपर्ने बताउदै उनले संस्थानलाई परेका समस्या समाधान गर्न नगरपालिका तयार रहेको उल्लेख गरे ।
लुम्बिनी दुग्ध बितरण आयोजनाका उत्पादन गुणस्तरीय भएको उल्लेख गर्दै उनले संस्थानले मार्केटिङ्गमा ध्यान दिनुपर्ने आवस्यकता औल्याए ।
नेपाल दुग्ध बिकास संस्थान कर्मचारी संघ इकाई अध्यक्ष कल्पना आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका पुर्ब अध्यक्ष काजीमान श्रेष्ठ,ट्रेड युनियन कांग्रेस रुपन्देहीका उपाध्यक्ष अयुब अली खाँन, लुम्बिनी दुग्ध बितरण आयोजनाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र शाह,प्रमुख प्रशासकीय अधिकृत निरञ्जन भट्टराई,कर्मचारी संगठनका क्षेत्रिय अध्यक्ष राजन भुसाल, दुग्ध बिकास संस्थान कर्मचारी संघ पश्चिम क्षेत्र केन्द्रीय सचिब रामरतन रजक,संघका इकाई सचिब सुर्यभक्त केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।






