बुटवल,२१ फागुन ।
कर्मचारी मिलनकेन्द्र रूपन्देहीले बुटवल स्थित मानव सेवा आश्रमसहित जिल्लाका विभिन्न आश्रम तथा विद्यापिठहरूलाई खाद्यान्न बितरण गरेको छ ।

कर्मचारी मिलन केन्द्र रूपन्देहीका अध्यक्ष एवम रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालकाे नेतृत्वमा रूपन्देहीका ४ वटा संस्थाहरुलाई ५१० केजी का दरले चामल वितरण गरेकाे केन्द्रले जनाएको छ ।

मानव सेवा आश्रम बुटवल,अपाङ्ग आश्रम बुटवल,सिद्धार्थ बाल गृह भैरहवा,श्री दुर्गा संस्कृत बेद विद्यापिठ जस्ता संस्थाहरूले बृद्ध,बृद्धा,अपाङ्ग तथा बालबालिकाको क्षेत्रमा धेरै सह्राहनीय कामहरू गरेकाेले उनिहरूले शुरू गरेको अभियानमा हामीले पनि केही सहयोग गरौं भन्ने उद्धेश्यले रूपन्देहीका सबै कर्मचारीहरूको प्रतिनिधित्व गर्दै कर्मचारी मिलनकेन्द्रले ४ वटा संस्थाहरुलाई ५१० केजी का दरले चामल वितरण गरिएकाे कर्मचारी मिलन केन्द्र,रुपन्देहीका अध्यक्ष एवम सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।