बुटवल,२० फागुन ।
बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीमा हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

सद्भाव र रङ्हरुकाे पर्व हाेलीकाे पूर्वशन्ध्यामा शनिबार संघकाे सचिवालयमा हाेली मिलन कार्यक्रम गरेकाे हाे ।
त्यस अवसरमा बाेल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले हाेलीकाे समयमा चाेरी चकारी तथा हाेलीकाे बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन प्रहरी प्रशासन सहित सबैलाई आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विश्वव्यापी काेभिड, आर्थिक मन्दी र अस्थिर सरकारका कारण विकास निर्माणकाे काम प्रभावित भएकाे बताए । बुटवलमा सडककाे दुरावस्था छ । बजेट निकासा नहुँदा सडक निर्माणमा समस्या भएकाे बताउँदै अझै तत्काल नबन्ने संकेत देखिएकाे उनकाे भनाई छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले हाेलीमा उच्श्रंङ्खल गतिविधि र अपराधिक कृयाकलाप पनि जाेडिने गरेकाे बताउँदै त्यस विरुद्ध सुरक्षा व्यवस्था कडा पारिएकाे बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पाेखरेल, संघका सल्लाहकार तथा पूर्वअध्यक्षहरु अर्जुनमान सैजू, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ,ससस्त्र पहरी वल माेतिपुरका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र पाैडेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेखरेल, पूर्वपदाधिकारी चाेपनारायण श्रेष्ठ लगायतले यहाकाे बर्तमान आर्थिक अवस्थाले व्यवसायी पलायन हुने अवस्था आएकाे गुनासाे गरेका थिए ।
हिरण्यका सिपुका छाेरा प्रल्हादलाई बहिनी हाेलिकाले आगाे लगाउदा हाेलीका आफै जलेर भष्म भएकाे किंवदन्ती छ । यसै किंवदन्ती अनुसार असत्यमाथी सत्यकाे जीतकाे खुसीयालीमा हाेली पर्व मनाउँदै आइएकाे छ ।






