बुटवल,१९ फागुन ।
रुपन्देहीमा सञ्चालित दाेस्राे चरणकाे नव उद्यमशाला (विजनेश इन्कुवेशन कार्यक्रम) सकिएकाे छ । बिहिबार बुटवलमा डेमाे डे सहित साे कार्यक्रम सम्पन्न भएको हाे ।

बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस र युवा उद्यमी मञ्च रुपज्देहीकाे सहकार्यमा उद्यमशिलता विकासकाे लागि नवउद्यमशाला कार्यक्रम गरिएकाे हो ।

छ महिने याे कार्यक्रमकाे समापन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले मुलुकाे आर्थिक विकासकाे लागि ओैद्याेगिक विकास अपरिहार्य रहेकाे बताउँदै विजनेश इन्कुवेशन कार्यक्रममले ओैद्याेगिक विकासमा सहयाेग पुग्ने विश्वास व्यक्त गरे । उहाँले याे कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरे ।

कार्यक्रमकाे बारेमा जानकारी गराउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्याेगमा सुरुवात गरेका नव उद्यमी र उद्याेग गर्न चाहने युवाहरुलाई उद्यमशिलता विकासकाे लागि कार्यक्रम गरिएकाे बताए । उनका अनुसार पहिलाे चरणमा सञ्चालित कार्यक्रममा सहभागी उद्यमीहरुकाे उद्याेग व्यवसाय थप व्यवस्थित पनि भएकाे र सफल उद्यमीकाे रुपमा अगाडि बढेका छन् । याे कार्यक्रममा सहभागिले पनि राम्राे गर्ने उनले विश्वास छ ।

त्यस अवसरमा उद्याेग पर्यटन तथा यातायात व्यवस्था मन्त्रलयका उपसचिव विजयकुमार कार्कीले साना उद्यमीलाई मन्त्रालयबाट हुने सुविधाकाे बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव दिपकराज नेपाल, बुटवल उद्याेग वाणिज्य संघका सल्लाहकार पूर्व अध्यक्ष नवराज श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, अन्तरप्रेरणाका अशिम श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा आफ्नाे व्यवसायकाे डेमाेष्ट्रेसन गर्दै सहभागिहरुले विजनेश इन्कुवेहनले आफ्नाे व्यवसायलाई अगाडि बढाउन धेरै सहयाेग मिलेकाे बताउदै यसबाट आफूहरु धेरै उत्साहित भएकाे बताए ।

दुई वर्ष भित्रका नवउद्यमी तथा उद्यममा लगाव भएका २७ जनाले याे कार्यक्रममा सहभागिताकाे लागि आवेदन दिएका थिए । त्यसमध्ये ७ जनालाई छनाैट गरिएकाे थियाे भने ६ जना कार्यक्रममा सहभागि थिए । संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पाैडेलकाे धन्यवादमा भएकाे कार्यक्रम महासचिव बिमलराज भट्टराईले सहजिकरण गरेका थिए ।