कपिलवस्तु,१७ फागुन
प्रहरीले कपिलवस्तुकाे यशोधरा गाउँपालिका-७, मर्यादपुरबाट सशस्त्र तीन लाख रुपैयाँ बराबरका नक्कली सुनका गहना बरामद गरेकाे छ ।

भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेका ती गहनालाई हिजाे सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो । बरामद गरिएका गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।