लुम्बिनी,१४ फागुन ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ ।
सभाले हालसम्म भएको प्रगति प्रतिबेदन पारित गरेको छ ।

शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रको बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित नगरपालिकालाई समृद्धि बनाउने तर्फ बजेट केन्द्रित भएको नगरपालिकाका मेयर सजरुद्धीन मुसलनमानले बताए ।

पर्यटन क्षेत्रसंगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको बताउदै मेयर मुसनलमानले चुनावको बेला गरेका बाचा योजनाले मुर्त रुप लिने बताए । मेयर मुसलनमानले नगरपालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आबस्यक रहेको उल्लेख गरे ।

समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधी,कर्मचारी र स्थानीयहरुको सहयोग र साथ आवश्यक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले बताए ।

साना तथा ठुला गौरवको आयोजनालाई पुर्णता दिन नगर लागी परेको बताउदै उनले केही योजनालाई संशोधन गर्दै जाने बताए ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजन,वडा न.१ देखि १३ सम्मका जनप्रतिनिधिहरु,कर्मचारीहरुको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।