बुटवल,११ फागुन ।
बुटवल मा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंङ्गा बैंक १५ औं स्थापना दिवस बिविध कार्यक्रम गरी मनाएको छ ।

स्थापना दिवसको अवसरमा बैंकले डिजिटल क्रेडिट कार्ड शुभारम्भ गर्नुका साथै उत्कृष्ठ आर्थिक पत्रकार बितरण,उत्कृष्ठ शाखा सम्मान गरेको छ ।
बिहीबार रुपन्देहीको मणिग्राममा आयोजित कार्यक्रममा बैंकले बुटवल एफ एमका स्टेशन म्यानेजर तथा बिबिसि नेपाली सेवाका बुटवल सम्बाददाता माधव नेपाललाई शाईन आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

नेपालपत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा स्थापित पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयां रहेको छ ।
बैंकले पत्रकार महासंघ रुपन्देहीमा ५ लाख रुपैयांको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट गतवर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो ।
स्थापना दिवसकै अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देश अनुसार अघि बढेकाले शाईन रेसुंगा काठमाडौं उपत्यकाबाहिर प्रधान कार्यालय रहेको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए ।
बैंकहरु लगानीकर्ताको नभई जनताको (निक्षेपकर्ताको ) हो भन्ने तथ्यलाई आत्मसाथ गरेकाले बैंक सबैंको विश्वसनीय र रोजाईको बैंक बन्न सफल भएको उनको भनाई थियो ।
गुल्मीबाट बैंकिङ यात्रा सुरु गरेको बैंक १५ औं वर्षमा प्रवेश गर्दा देशका २० जिल्लामा ८८ वटा शाखा कार्यालय सञ्चालन गर्न सफल भएको छ ।
काठमाण्डौको कमलादीमा कर्पाेरेट कार्यालय रहेको बैंकले देशभर शाखा विस्तारलाई जोड दिदै लुम्बिनी, गण्डकी , बागमती , सुदुरपश्चिम, कर्णाली प्रदेशहरुबाट शाखा कार्यालय सञ्चालन गरिएको छ । बैंकको देशभर ६ लाख भन्दा बढी ग्राहक संख्या रहेका छन ।
५ अर्ब जारी पुूँजी र ४ अर्ब २८ करोड चुक्ता पूँजी रहेको बैंकलले गत माघ मसान्तसम्म ५१ अर्ब ३ करोड निक्षेपमा २९.८० प्रतिशत बचत निक्षेप , ६५.७२ मुद्धती निक्षेप र ४.४७ प्रतिशत कल चल्ती रहेको बैंकका अध्यक्ष थानेश्वर पौडेलले जानकारी दिए ।
बैंकले ४३ अर्ब ६३ करोड कर्जा लगानी गरेको मध्ये ब्यापार कर्जामा २१.८०, कृषि कर्जा ७.१२, आवश निर्माण कर्जा ७.३० ,बिपन्न बर्ग कर्जा ९.९३ , जग्गा खरिद कर्जा ४.५९, होटल तथा पर्यटन उर्जा १५.६९ , उद्योग कजाृ १२.७९ , उपभोक्य कर्जा १२.४८ , हायरपर्चेज कर्जा २.७२ र अन्य कर्जामा ५.५८ प्रशितले लगानी गरेको उनले बताए ।
यस्तै बैंकले सहुलियत ब्याजदर अनुदानमा ब्यवसायिक कृषि तथा पशुपंक्षी तर्पm ४९१ जना ऋणिलाई १ अर्ब ३३ करोड ४८ लाख कर्जा लगानी गरेको अध्यक्ष पौडेलले बताए ।
यस्तै महिला उद्यमी तर्फ ४३४ ऋणीलाई ५२ करोेड ३२ लाख , दलित समुदाय ब्यवसाय विकासमा ७ ऋणीलाई ३१ लाख र अन्यमा ५ जना ऋणीलाई १७ लाख कर्जा प्रदान गरेको शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
आर्थिक कारोबार मात्र नभएर बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत वातावरण संरक्षण, डिजिटल साक्षरता, शाईन डिजिटल स्कुल परियोजना, शाईन उद्यमशिलता कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
वातावरण संरक्षण तर्फ बैंकले २० जिल्लाका स्थानीय क्लब तथा संघसंस्थाको सहकार्यमा सार्वजनिक स्थलमा ३२ प्रजातिका करिब १४ हजार ४० बोट विरुवाहरु रोपी संरक्षण गर्दै आएको अध्यक्ष पौडेलको भनाई छ ।
वातावरण संरक्षणको लागि मात्रै ५ लाख खर्च गरेको बैंकले दाबी गरेको छ ।
यस्तै डिजिटल साक्षरताको लागि नगद रहित कारोबारलाई प्रोत्साह गर्न शैक्षिक संस्था, संघसंस्था, स्थानीय सरकारसँग सहकार्य गरी ३० वटा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन गरेको र ३ हजार भन्दा बढि सहभागिता रहेको बैंकले जनाएको छ ।
शाईन डिजिटल स्कुल परियोजना मार्फत ग्रामिण क्षेत्रमा रहो लुम्बिनी प्रदेशका १५ सामुदायिक विद्यालयलाई आधारभूत सेवाहरुलाई डिजिटलाईज गर्नका लागि २० लाख बराबरको उपकरण प्रदान गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैंकले स्वदेशमा उद्यमशिलता विकास गरी स्वरोजगार अभिबृद्धि गर्न युवाहरुलई उद्यमी बनाई अर्थतन्त्रमा योगदान गर्न रुपन्देही , नवलपारी र कपिलबस्तु जिल्लाका ३३ वटा क्याम्पसका विद्यार्थीहरुलाई उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरेको छ ।






