बुटवल,११ फागुन ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेको आराेपमा रूपन्देहीमा प्रहरीले एक दर्जनबढी सवारीसाधन नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ९ ट्र्याक्टर, ३ वटा जेसीबी र १ टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लाकाे देवदह नगरपालिका, ओमसतिया, रोहिणी र सुद्धोधन गाउँपालिकाबाट बिहीबार नियन्त्रणमा लिइएका ती सवारी साधनहरुलाई २ लाख ६८ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको प्रहरीले जनाएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन बढेपछि रुपन्देही प्रहरीले विशेष निगरानी टोली खटाएको थियो ।






