बुटवल,११ फागुन ।
बुटवल उधोग बाणिजय संघ रूपन्देहीले बिविध कार्यक्रम गरि ७० औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल सरकारका पुर्व गृहमन्न्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले बुटवलको विकासमा बुटवल उधोग बाणिजय संघको भुमिका महत्पूर्ण रहेको बताएका छन ।

बुटवल आफैमा हिरा भएको भन्दै उनले त्यस बिषयमा बुझनु र बुझाउन जरूरी रहेको बताए ।

केही ठुला बडालाई बुटवलको महत्व सम्झाउन बुझाउन नसकेका कारण बिभिन्न कालखण्मा बुटवलमाथी अन्याय हुने गरेको धारणा राखे ।

उनलेे बुटबललाई जिवन्त राख्न ब्यापारीक केन्द्रका रूपमा राख्न बुटबलमा रहेका बुटबल उपमहानगरपालिका र बिभिन्न संघ सस्थाहरू सन्जाल बनाएर नजिकका पालीकाहरूलाई भगेनी सम्बंध मार्फत जोडेर लैजानुपने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रीय बिमानस्थल सिमा नजिक भएकाले केही हवाई रूटको समस्या देखीएको भन्दै नेता खाणँले भारतका प्रधानमंत्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएका बेला नेपालका तत्कालिनन प्रधानमन्त्री शेर बहादुर देउवाले पश्चिम नेपालको जनताले सेवा पाउने हुँदा नेपाललाई हवाई रुटको थप ब्यवस्था गरिदिन आग्रह गरेको स्मरण गराए ।

बुद्धको सम्मानमा गौतमबुद्धको नामबाट बिमानस्थल निर्माण भएकाले यसको सन्चालन गर्न सबै पक्ष लाग्नु पर्ने बताए ।

लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य जमुना ढकालले बुटवल बजार गुल्जार बनाउन सबै पक्ष लाग्नुपर्ने बताईन ।

उधोग बाणिजय संघले अन्य ब्यबसायी संघ संगठनहरूलाई साथमा लिएर बुटबल बनाउन अगुवाई गनुपर्ने बेला आएको भन्दै उनलेे महगो घर भाडाका कारण समेत ब्यबसायी मारमा पारेकाले यसमा समेत घरबेटीहरूले ध्यान दिनुपने बताईन ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा शिक्षा स्वास्थ्यका पुर्वाधार निर्माण गर्न उधोग बाणिजय संघ बुटवलको भुमिका महत्पूर्ण रहेको बताए । उनलेे नेपालकै गहनाको रूपमा रहेको महत्पूर्ण क्षेन्र जितगढी किल्लाको निर्माण कार्य नेपाली सेनाले गरिरहेको बताए । पुरानो पारी बुटवललाई नयाँ जिबन दिएर चलाएमान बनाउन बुटबल उपनगरपालिका लागीरहेको उनको भनाइ थियो । हतारमा राजधानी सारीएको भन्दै नगरप्रमुख पान्डेले बुटवलमा रहेको अस्थायी राजधानी राख्न बुटवलबासीले ठुलो योगदान दिएकाे उल्लेख गरे ।

देशभरका ६ बटा अस्थायीराजधानी जहाँँ थिए तेही भए बुटबलको मान्र राजधानी सारिएको भन्दै उनले राजधानी सार्नेहरुलाई जनताले एक दिन कठघरामा उभ्याउने चेतावनी दिए ।
नेपाल पन्रकार महासंघ रूपन्देही का अध्यक्ष रामराज प्रोखेलले बुटबल बजार बिस्तारै सुनसान हुँदैगएको बताए । मुख्य बजारका सटरहरू खाली हुनु राजधानी सर्नुको पनि कारण रहेको उनलेे बताए ।

उधोग बाणिजय संघका पुर्व अध्यक्ष जिवन वझा, सचिव मुक्ति अधिकारीले बुटबटलाई उज्यालो बुटवल बनाउन सबै पक्ष जुटेर अगाडी बढनु पर्ने बताएका थिए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले पछिल्लो समयमा बुटवल बजार आर्थिक चपेटामा परेको भन्दै रात्रीकालिन बजार विस्तारमा समेत स्थानीय निकाय सहयोगी बन्नुपर्ने बताए ।
उनले पछिल्लो विषम परिस्थीतिको कारण उद्योगी व्यवसायीहरुलाई स्थानीय तहले कर छुट तथा अन्य विषयमा सहजीकरण गर्नुपर्ने बिचार ब्यक्त गरे ।

साे अवसरमा हालै सरूवा भएर आएका सुरक्षानिकायका प्रमुखहरूलाई सम्मान गरिएको थियो भने उजिरसिंह माविलाई साउण्ड सिस्टम र ईलाका प्रहरी कार्यालय बुटबललाई ५ थान सि सि क्यामेरा समेत प्रदान गरिएको थियो ।