बुटवल,५ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विभिन्नकार्यक्रम गरी स्थापनादिवस मनाउने भएको छ ।

संघले यहि फागुन ९ र १० गते विभिन्नकार्यक्रम गरी ७० औं स्थापनादिवस मनाउन लागेको हो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले स्थापना दिवसको पूर्व शन्ध्यामा यहि फागुन ९ गते विहान रक्तदान कार्यक्रम र दिउसो अनलाईन बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।

त्यस्तै स्थापना दिवसको दिन फागुन १० गते ओैपचारिक कार्यक्रम गरिने महासचिव बिमलराज भट्टराईले बताए । उक्त कार्यक्रममा संघका एक जना पूर्व अध्यक्षलाई सम्मान गरिने जनाइएको छ । संघले प्रत्येक वर्ष एक जना पूर्व अध्यक्षलाई सम्मान गर्दै आएको छ ।

२०१० सालमा बुटवल व्यापार मण्डलको नाममा स्थापना भएको संघको पछि नाम फेरेर बुटवल उद्योग वाणिज्य संघ राखिएको थियो ।

स्थापनाकाल देखिनै संघले व्यवसायिक हकहितसंगै यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासको काममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष कसजूले बताए ।