बुटवल,५ फागुन ।
काठमाण्डौको लोत्से मलबाट चोरी भएको मोबाइलसहित भैरहवाबाट एक जना पक्राउ परेका छन् ।

लोत्से मलमा मोबाईल लुटेको आरोपमा रुपन्देही प्रहरीले भैरहवाबाट एक जना युवकलाई पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रवक्ता प्रही नायब उपरिक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चोरीका तीन थान मोबाईल पनि बरामद भएको अर्यालले बताए ।

फागुन १ गते यातायात ब्यवसायीहरुलको आन्दोलनको क्रममा काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ गोंगबु नयाँ बसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाईल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाईल लगायतका सामग्री लुटीएका थिए । सोही घटनामा फरार भएको भन्दै आरोपी कार्कीलाई सिद्धार्थनगर नगर पालिकाको वडा नम्बर ३ बाट बिहिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताए ।

कार्कीलाई पक्राउ गरी बरामद मोवाईलसहित आवश्यक कारवाहीको लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगंज काठमाण्डौ पठाइएको अर्यालले जानकारी दिए ।