बुटवल,२६ माघ ।
डार्सिस इन्टरनेशनल स्टोर्स बुटवलले बुटवलमा नयाँ शाे रुम सञ्चालनमा ल्याएको छ ।
युवा पुस्ताहरुको चाहाना र व्राण्ड कम्पनिका सामान सहज रुपमा उपलब्ध गराउने लक्ष्यसहित डार्सिसले ट्राफिक चोकमा आधुनिक साजसज्जाका साथ सो–रुम सञ्चालनमा ल्याएको जनाएको छ ।
करिव दश वर्ष अगाडी राजमार्ग चौराहामा विभिन्न सामानहरुसहितको सोरुम सञ्चालन गरेको डार्सिसले यस शुक्रवारबाट चस्मा, घडी र पर्फयुम(सेन्ट) मात्र राखेर नया ढंगले सोरुम सुरु गरेको सञ्चालक विकास पाण्डेले जनाएका छन् ।
पाण्डेका अनुसार बुटवलमा डार्सिस सोरुममा विश्व चर्चित रे–वन, टाईटन, सिको, पोलार तथा फोसिल कम्पनिका घडी, सन ग्लास र पर्फयुमहरु राखिएको छ । उनका अनुसार विदेश गएर आएका र स्वदेशमा रहेका उपभोक्ताहरुलाई व्राण्डेड कम्पनिका सामानहरु सहजै रुपमा उपलब्ध गराउने लक्ष्य लिएर उक्त सो रुम खोलिएको हो ।
यस क्षेत्रमा ती कम्पनिहरुको एक मात्र आधिकारिक डिलरका रुपमा सञ्चालनमा आएको सो–रुममा न्यूनतम रु. १४ हजारदेखि ६० हजारसम्म मुल्यका रे–वनका सन ग्लासहरु रहेको पाण्डेको भनाई छ । सो रुममा अन्य कम्पनिका पनि ओरजिनल सामान मात्र राखिएको उनको भनाई छ ।
नेपालमा यी कम्पनिहरुका आधिकारिक डिलरहरु काठमाडौं, पोखरा र बुटवलमा मात्र रहेको उनको भनाई छ ।
नयाँ सञ्चालनमा आएको सो–रुममा हाल करिव डेढ करोडको लगानी भएको र उपभोक्ताहरुको चाहाना एवं आवश्यक्ता अनुसार लगानी गर्दै जाने पाण्डेले बताएका छन् ।






