कपिलवस्तु,२० माघ ।
स्राेत नखुलेको २१ लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बस्‍ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका-६ बिमिहा बस्‍ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका- बस्‍ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले २१ लाख ७ हजार १०० बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।