बुटवल,१९ माघ ।
पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् ।
आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको मासुको पनि माग कम रहेको कारणण् बंगुर व्यवसाय नै पलायन हुने अवस्था आएको भन्दै अव यसलाई विविधिकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
पशुपंक्षि तथा मत्स्य निर्देशनालय बुटवलको आयोजानमा भएको पशुंक्षि सञ्जालहरु संगको अन्तरक्रिया (बंगुरपालन) कार्यक्रममा बोल्दै प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व महाशाखा प्र्र्रमुख तथा पशुपंक्षि विज्ञ तुलसीराम भण्डारीले अव किसानले उत्पादनमात्रै भन्दा पनि बंगुरको विभिनन परिकार बनाएर बजारीकरण गर्नु पर्ने बताए ।
केही समय देखि बंगुर पालन व्यवसाय फष्टाएको भएपनि अहिले आएर बंगुर को खपत बजारमा न्युनरहेको भन्दै उनले अव व्यवसायीलाई विविधिकरण गर्दै बिकल्प बंगुरको मासुका विभिन्न परिकार बनाएर विक्रि गर्नुपर्ने, पोर्क रेष्टुरेन्ट सञ्चालन गर्ने, मासुको अचार बनाउने, मासुलाई स्मोक गरी भण्डारण गर्ने, मासु लाई ब्रान्डीङ्ग गरी विदेश सम्म निर्यात गर्न सक्ने गरी योजना बनाउन आवश्यक रहेको बताएका थिए ।
उनले यसको लागि स्थानीय तह, प्रदेश सरकारले समेत हातेमालो गर्नुपर्ने बताएका बताएका थिए ।
अर्का विज्ञ तथा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलले एक जना किसानले बंगुर पाठापाठी विक्रिका लागि पालना गरेका सोहीको सिको गर्दै अन्य किसानले समेत पाठा पाठी नै पाल्ने सस्कृती रहेको भन्दै यस्लाई चिर्नको लागि भिन्दा भिन्दै किसानले भिन्दा भिन्दै प्रयोजनका लागि बंगुर पालना गर्नुपर्ने बताएका थिए ।
उनले बंगुर मासुका लागि बजारीकरण गर्दा १० देखि १२ महिना भित्रमा बजारमा पठाउन आवश्यक रहेको भन्दै जुन स्वादका लागि समेत राम्रो हुने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले दानामा आधारिरहेर बंगुर पालन गर्दा अहिले लागत बढे्को र लागत अनुसारको प्रतिफल प्राप्त नभएको अवस्थामा घाँसमा आधारित बंगुर पालनमा जोड दिनुपर्ने बताएका थिए । उनले बंगुर फार्महरुले घासमा आधारित रहेर बंगुर पाल्दा दिनमा एक पटक मात्रै घाँसलाई दानाको रुपमा उपलब्ध गराउँदा त्यसले बंगुरको स्वाथ्य समेत राम्रो हुने, मासु समेत स्वादीलो हुने भएको कारण यो तर्फ किसानले विकल्प प्रयोग गर्नुपर्ने बताएका थिए ।
बर्सिम, लुसन घाँस,जै घाँस, क्लोफरा घाँस, बदामे घाँस लगायतका घाँस बंगुलाई खुवाउँदा अन्यको तुलनामा ६० प्रतिशत सम्मको उच्च ग्रोथ रेट प्राप्त भएको उनको भनाई थियो ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. परवेज आलमले बंगुर व्यवसायीहरुको प्रर्वद्धनका लागि बुटवल उद्योग बाणिज्य संघ द्धारा आयोजना हुन लागेको कृषि मेलामा ‘पोर्क फेष्टिभल’ आयोजनागर्न लागिएको बताए । उनले यसको लागि बंगुर व्यवसायी महासंघ लुम्बिनी प्रदेश संगको सहकार्यमा उक्त कार्यक्रम आयोजना हुने र अन्तरक्रिया, गोष्ठी समेत सञ्चालन हुने बताए ।
लुम्बिनी प्रदेशले केही समय पहिला प्रति बर्ष ५ हजार बंगुरका पाठा पाठी अन्य प्रदेशमा निर्यात गर्दै आएको थियो । १९ हजार मेट्रिक टन बंगुरको मासु उत्पादन हुँदै आएको यो प्रदेशमा अहिले भने मासुको संख्या घटेको छ ।
अन्तरक्रियामा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका निमित्त सचिव शिव प्रसाद अर्याल, अनुगमन तथा योजना महाशाखा प्रमुख शालीकराम गौतम, कृषि तथा वन विज्ञान अनुसन्धन पक्लिहवा कृषि क्याम्पसका प्रध्यापक डा. सम्भु झा लगायत बंगु व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टिला बहादुर सुर्यबंशी लगायतले आ आफ्नो भनाई राखेका थिए ।






