रुपन्देही,१६ माघ ।
रुपन्देहीको भैरहवा नजिकै रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा आगलागी हुँदा एक नेपाली सहित ६ जना मजदुर गम्भीर घाइते भएका छ्न । सियारी गाउँपालिका वडा न २ स्थित सो उधोग भित्र रहेको कोइला खानी नै बलास्टार हुँदा एक नेपाली र ५ जना भारतीय नागरिक घाइते भएका हुन ।

घाइते हुनेमा मायादेवी गाउँपालिका वडा न. ३ केनौली बस्ने बर्ष ४० का अंगत कुमार हरिजन ,भारतीय नागरिक बर्ष ३५ का शशिकान्त कुशरा,बर्ष ४० का श्रीराम सिंह, बर्ष २३का शिवलाल हरिजन,बर्ष ४० का जितेन्द्र उत्तम,बर्ष ४१ का राज किशोर यादव रहेको ईलाका प्रहरी कार्यालय बेथरीका प्रहरी वरिष्ठ नायव निरीक्षक मीन बहादुर देउवाले जानकारी दिए ।

घाइते एक जनालाई भैरहवा मेडिकल कलेज र बाकी घाइते सिटि हस्पिटलमा उपचार भैरहेको छ् ।

आगलागी नियन्त्रण गर्न दुई दमकल परिचालन छ्न ।