कपिलवस्तु,१६ माघ । बैङ्क तथा वित्तिय संस्थाले बढाएको ब्याजदर र नेपाल राष्ट्र बैंकबाट जारी चालु पुँजि कर्जा निर्देशिका २०७९ विरुद्धकाे आन्दोलन देशब्यापी बन्दै गएको छ ।

देशका विभिन्न ठाउँमा आन्दोलनमा भैरहेकाबेला कपिलवस्तुका उद्योगी ब्यवसायीहरू पनि आन्दोलनमा उत्रिएका हुन् ।

उनिहरूले वैङ्कविरुद्ध आन्दोलनमा ओदारी संघर्ष समितिनै गठन गरि चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।

संघर्ष समितिले आइतबार र्यालीसहित बिरनेध प्रदर्शन समेत गरेका थिए । वाणगंगा नगरपालिकाका निवर्तमान नगर प्रमुख मंगल थारु लगायतको सहभागितामा विरोध र्याली गरिएको व्यवसायी मनोहर योगीले जानकारी दिए ।

व्यवसायिकव्यवसायीका माग पुरा गर, व्यवसायिक एकता जिन्दाबाद, मानसिक यातना बन्द गर, वित्तिय आतंक बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर ब्यवसायीले केहीबेर र्याली पनि निकालेका थिए ।

कोरोनापछि मारमा परेका बयवसायीका समस्यालाई बैङ्क तथा वित्तीय संस्थाले नबुझी किस्ता र ब्याजको नाममा यातना दिएको भन्दै उनीहररुले बैङ्कमा ताला लगाउनेसम्मको कार्यक्रम गर्ने बताएका छन् ।