काठमाण्डौ,१३ माघ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउएका छन् ।
सर्वाेच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले आज बेलुका पदबाट राजीनामा दिएका हुन् ।
शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि ३२ दिनमै पद गएको छ ।
अदालतको फैसलामा सांसद पद खारेज भएको उल्लेख छ ।






