
काठमाडौं,१३ माघ ।
सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
शुक्रबार अपरान्ह सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
उनीहरूले ‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायत नारा लगाएका थिए । नाराबाजी गर्नेमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च बाहिर रविका समर्थकले नाराबाजी गरेपछि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू उच्च सुरक्षाबीच सर्वोच्चबाट बाहिरिएका थिए ।





