कपिलवस्तु,१२ माघ ।
लुम्विनी विकास कोषका निवर्तमान सदस्य तथा सामाजिक अभियन्ता राजेश ज्ञवालीले कपिलवस्तु नगरपालिकाका गरीब तथा विपन्न परिवारलाई कम्बल विवरण गरेका छन् ।
ज्ञवालीले सरस्वती पूजा तथा भारतको गणतन्त्र दिवसकाे अवसरमा पच्चिस जना सहयोगापेक्षी, बिपन्न एवं गरीव परिवारलाई जाडोको न्यानो कम्बल वितरण गरेका हुन् ।
मधेश मानवअधिकार गृह (माहुरी होम)को १५ औ साधारण सभामा नगद सहित पुरस्कृत भएका ज्ञवालीले आफुले पाएकोे पुरस्कार राशी बिपन्न गरीव परिवारहरूका लागि खर्च गर्दै आएका छन् । उनले चिसोको कारण कोहि पनि न्यानो कपडाको अभावमा कठयाङ्रीएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ न्यानो कपडा बितरण गरेको बताए ।
कार्यक्रममा साझा प्रयास अभियानका संयोजक रवि ठाकुर ,नेपाली काँग्रेस कपिलवस्तु नगरपालिकाका नगर अध्यक्ष खुुर्सेद अहमद खाँ,नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य,समाजसेवी मुख्तार अहमद खाँ,सविता श्रेष्ठ,डा.सतीश उपाध्याय, तौलेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्तिथिमा कम्बल विवरण गरिएको थियो ।






