बुटवल,९ माघ । बुटवलमा फागुनमा कृषि मेला हुने भएको छ । बुृटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला गर्न लागेको हो । संघको सोमबार बसेकोको कार्यसमिति बैठकले फागुनको २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।

कृषिको व्यवसायिक विकासको लागि कृषिमा प्रविधिको प्रयोग र व्यवसायायिक कृषिलाई जोड दिँदै कृषि मेला आयोजना गरिएको उनलेे बताए । पाँचदिनसम्म सञ्चालनगरिने कृषि मेलामा उत्कृष्ट कृषि उत्पादन, आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसिनरी, व्यवसायिक कृषि खेती प्रणाली लगायतका करिव ५० स्टल राखिने उनले बताए ।

कृषि मेला गर्नको लागि संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । त्यस्तै सहसंयोजकमा संघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, उपसंयोजकमा उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षनरिश्वर शर्मा पौडेल, मुल समितिको सदस्य सचिवमा महासचिव बिमलराज भट्टराई ररहेका छन ।

त्यस्तै कोषाध्यक्ष नवीन प्रसादश्रेष्ठलाई आर्थिक व्यवस्थापन, सचिव मुक्ति अधिकारीलाई सचिवालय व्यवस्थान र कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाललाई कृषि मेला समन्वय संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकले संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाललाई मुल्यांकन तथा पुनरावलोकनको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी बैठकले कार्यसमिति सदस्य नरेशकुमार श्रेष्ठलाई स्टल निर्माण समिति, दिनेश श्रेष्ठलाई मञ्चव्यवस्थापन, सञ्जय कलवार जैसवाललाई तालिम तथा गोष्ठी, नेत्रप्रसाद पाण्डेलाई सांस्कृतिककार्यक्रमव्यवस्थापन, प्रतिक पोखरेललाई गेट व्यवस्थापन, कृष्ण प्रसाद श्रेष्ठलाई सुरक्षा व्यवस्थापन, काशिराम पौडेललाई खाजा व्यवस्थापन, मीना श्रेष्ठलाई अतिथी सत्कार, जमुना पौडेललाई प्रचारप्रसार, त्रिबिक्रम श्रेष्ठलाई विद्युत तथा साउण्ड सिष्टम, टिकाराम वञ्जाडेलाई स्टल वितरण तथा उत्प्रेरक, दीपक चापागाईलाई सौजन्यको जिम्मेवारी प्रदान गरिएको छ ।