बुटवल,२ माघ । गुल्मीबाट काम खोज्दै बुटवलमा आएका डिलाराम पोख्रेलले ई–रिक्सा चलाएर जीवकोपार्जन गर्दै आएका छन । उनिसँग सवारी चालक अनुमती पत्र (लाईसेन्स) र ब्लुबुक पनि छ । तर उनि जरिमाना तीराईमा परेका छन । कारण, बुटवल उपमहानगरपालिका भित्र ई–रिक्सा चलाएको भन्दै उनि जरिमाना तीराईमा परेका हुन । उपमहानगरको कार्यालयमा दर्ता नभएको ई–रिक्सा चलाएका भन्दै पोख्रेललाई १५ सयको जरिवाना उपमहानगरले तिराएको छ ।

उपमहानगरको कार्यालयले जारी गरेको ई–रिक्सा अस्थायी पासमा जारी मिति पुस २८ र म्याद सकिने मिति माघ १५ उल्लेख गर्दै पोखे्रललाई जरिमाना तिराईको छ । पोख्रेल भन्नछन्–‘नेपाली नागरिक भएपछि जुनसुकै ठाउँमा रोजगार गरि खान पाउनु पर्छ । मेरो घर गुल्मी हो उनि भन्छन्–बुटवलमा जग्गा पनि छ , तर उपमहानगरले बुटवलको बासिन्दा नभएका कारण ई–रिक्सा दर्ता गर्न मानेन्।’ पोख्रेल भन्छन्–‘सरकार कि ई–रिक्सा चलाउन देउ नभए रोजागरी देउ , मजदुर मार्न पाउँदैनऔं ।’
बुटवलमै ई–रिक्सा चलाउँदै आएकी गोमा खनालले पनि लाईसेन्स र ब्लुबुक भएका सवारीलाई निर्भात रुपमा चलाउन सरकारले दिनु पर्ने बताईन । उपमहानगरले रिक्सा दर्ता नगर्दिदा बेरोजगार हुनु परेको गुनाशो पोखिन ।
पोख्रेल र खनाल मात्र होईन उपमहानगरमा दर्ता नभई सञ्चालनमा आएका अरु अटो तथा ई–रिक्सा लाई नगर प्रहरीले नियन्त्रणमा लिएर जरिमाना तिराउँदै आएको छ । ई–रिक्सा चालकसँग लाईसेन्स र ब्लुबुक हुँदाहुँदै पनि उपमहानगरले नियन्त्रणमा लिएर कारबाही गर्न थालेपछि स्वतन्त्र स्वरोजगार अटो रिक्सा मजदुर संघले भने यसको विरोध गरेका छन् ।
नेपाली नागरिकले देशको जुनसुकै ठाउँमा रोजगारी वा स्वरोजगार बन्न सक्ने अधिकार संविधानमा उल्लेख भएको भन्दै बुटवल उपमहानगरले संविधान विपरित मजदुरको रोजिरोटी खोसेको भन्दै उनिहरुले विरोध जनाएका छन । बुटवलको रानिगञ्जमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरले नेपालको संविधान २०७२ को भाग–३ को स्वतन्त्रताको हकको (च) बुँदामा देशको कुैन एक ठाउँको नागरिक कुनै अर्काे ठाउँमा गएर पेशा, ब्यवसाय तथा स्वरोजगार गर्न पाउन्ने भन्ने स्पष्ट संवैधानिक ब्यवस्थाको उल्लंघन उपमहानगले गरेको संघले आरोप लगाएको छ ।
संविधानकोे प्रतिकुल उपमहानगरले कार्यविधि बनाएर ई–रिक्सा दर्ता गरेर मजदुर माथि अन्याय गरेको स्वतन्त्र स्वरोजगार अटो रिक्सा मजदुर संघका अध्यक्ष कुलप्रसाद चौधरीले आरोप लगाए । संघका सचिब भेषराज पौडेलले संविधान विपरित उपमहानगले बनाएको ई–रिक्सा सञ्चालन कार्यविधि संसोधन आफुहरुको मुख्य माग रहेको बताए । लाईसेन्स, ब्लुबुक भएको जुनसुकै ठाउँको नेपाली नागरिकले ई–रिक्सा सञ्चालन गर्न पाउनु पर्ने पौडेलले बताए ।
संघले जारी गरेको बिज्ञप्तीमा भनिएको छ– “बुटवल उपमहानगरको स्थानीय सरकारले एकतर्फि रुपमा आफ्नो पाखुरा तथा घरखेत बन्दक राखी ऋण काढेर एउटा ई–रिक्सा चलाउँदै आफ्नो बिहान, बेलुककाको छाक टार्ने बालबच्चाको पढाई लेखाई र नानाचाचा गर्दै आएका ई–रिक्सा चालकहरुका बिना दर्ताका नाममा नगर प्रहरी ,प्रहरी प्रशासन लगाएर चालकसथाीहरुलाई धरपकट गर्ने ई–रिक्सा कब्जा गर्ने जस्तो निन्दनीय कार्यको समस्त ई–रिक्सा चालक साथीहरुको घोर विरोध सहित निन्दा प्रकट गर्दछौं ।”
बुटवल उपमहानगरले बनाएको विद्युतीय रिक्सा सञ्चालन, ब्यवस्थापन तथा नियमन सम्बन्धि कार्यविधिमा १२ सय ५६ ई–रिक्सा सञ्चालनको लागि अनुमति दिने उल्लेख छ । त्यसको लागि उपमहानगरकाको कार्यालयमा दर्ता हुनु पर्ने उल्लेख छ । सडकको मापदण्ड, सवारी चापका आधारमा मापदण्ड बनाईएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताए ।
कार्यविधि अनुसार अहिलेसम्म ११ सय ४० ई–रिक्सा दर्ता भएको १८४ ई–रिक्सा दर्ताको लागि सुचना प्रकाशन गरिएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएको ब्यवस्था अनुसार अटो तथा ई–रिक्सा सवारी सञ्चालनको लागि कार्यविधि बनाईएको उनले बताए । कार्यविधिमा सबै नेपाली नागरिकले बुटवलमा अटो तथा ई–रिक्सा सञ्चालन पाउनु पर्ने उल्लेख छ मात्र प्राथमिकता तोकेको पन्थीले बताए ।






