बुटवल,३० पुस ।
बनको संरक्षणसँगै उचित सदुपयोग गर्ने दिशामा अघि बढ्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
राज्यले बन संरक्षणमा मात्रै ध्यान दिने तर उचित सदुपयोग गर्ने दिशामा अघि बढ्न नसकेको उनिहरूकाे गुनाशो छ ।

बुटवलमा रहेको शिवनगर सामुदायिक बन उपभोक्ता समुहको २७ औं वार्षिक सधारण सभा तथा १२ औं अधिवेशनमा बोल्ने बक्ताहरुले संघीय र प्रदेश सरकारले बन ऐन ,नियमावली मार्फत बन संरक्षणलाई जोड दिएपनि वन उपयोग गर्ने दिशामा अघि बढ्न नसकेको बताएका हुन । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले सामुदायबाट बनको संरक्षण भएको बताउदै बनलाई बहुउपयाेगी बनाउनुपर्नेमा जाेड दिए ।

सुकुम्बासीको नाउँमा बन अतिक्रमणमा पर्ने गरेको बताउँदै उनले बनको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । उपमहानगरको पुर्व मेयर शिवराज सुवेदिले बनलाई पर्यापर्यटनसँग जोड्न सके स्थानीयको जीवीको पार्जनमा मद्धत पुग्ने बताए । बनको संरक्षणसँगै स्थानीयले लाभलिन सक्ने भएकाले बनलाई पर्यटनसँग जोड्न आवश्यकता रहेको बताए ।

शिवनगर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नारायण घिमिरेले सरकारले बनको संरक्षणसँगै उपयोगीतालाई पनि ध्यान दिन आवश्यकता रहेको बताए ।

उनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पर्यापर्यटनको लागि स्थानीय सरकार तथा उपभोक्ताको सहयोगमा कमल पोखरीको निर्माण गरिएको बताए । बन क्षेत्रमा जैविक विविधता र वन्यजन्तुलाई पानीको अभाव पुरा गर्न पोखरी निर्माण गरिएको घिमिरले जानकारी दिए । समुहका कोषाध्यक्ष राजेन्द्र रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समुहले आर्थिक वर्ष २०७८ –७९मा वन पैदावार विक्रिबाट ३४ लाख २८ हजार आम्दानी भएको जानकारी गराए ।

बुटवलका ४ वटा वर्डाका ३ हजार ७० घरधुरी बनको उपभोक्ता रहेका छन । उपभोक्ताहरुले आर्थिक विकासको लािग वनमा आधारित उद्योग, पुष्प खेती, नर्सरी ,पर्यापर्यटन उद्योग, पशुपालन, मौरी पालना जस्ता उत्पादनशील कार्यमा परियोजना संचालन गर्ने समूहले लक्ष्य दिएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।