काठमाण्डौ,३० पुस ।
बामपन्थी चिन्तक घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय सदस्यमा मनोनित भएका छन् ।
आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । नेता भुसाल हिजो एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
नेकपा एमालेका उपमहासचिव रहेका नेता भुसाल मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा टिकट नपाएपछि नेकपा एमाले पार्टी परित्याग गरी रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उनले चर्को विरोध गरेका थिए ।






