काठमाडौं,२८ पुस ।
बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंकाे आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँग २० लाख रुपैयाँ माग गरिएको र विदेश जान रोक लगाइएको छ ।

यो आदेशसँगै लामिछाने अब थुनामुक्त हुने भएका छन् ।
गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई
पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर फर्कने क्रममा लामिछानेलाई गत असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।