काठमाडौं,२६ पुस ।
मौसम प्रतिकूलताका कारण मंगलबार तराईका ४ वटा विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार विराटनगर, राजविराज, सिमरा र भैरहवाका निर्धारित सबै उडानहरु रद्द भएका छन् । यी विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडानहरु प्रभावित भएको कार्यालयले जनाएको छ ।
प्रतिकूल मौसमका कारण अन्य विमानस्थलहरुमा समेत उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । हिउँदयाम सुरु भएसँगै हरेक वर्ष यस्तो समस्या दोहोरिने गरेको छ ।









