कपिलवस्तु,२६ पुस ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाद्वारा संचालित अप्सरा मिडिया प्रा. लि. ले गरिब तथा असहायहरूलाई ज्याकट वितरण गरेको छ l
आज एक कार्यक्रमकाबीच कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा ज्याकेट वितरण गरिएको हो ।
दिन प्रतिदिन चिसो बढ्दै गएकाले गरिब तथा असहाय परिवार लाई ज्याकेट वितरण गरिएको अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचार कर्मी शहबाज खानले जानकारी दिए ।
ज्याकेट पाउदा आफूहरू खुसी भएको स्थानीयले बताए ।






