काठमाण्डाै,२६ पुस । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । आज बसेकाे कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो ।

कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री प्रचण्डले कम्तीमा दुई सय ६९ सांसदको समर्थन पाउने भएका छन् । लामो रस्साकस्सीपछि कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस बिहानैदेखि छलफलमा थियो ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहेका थिए । प्रधानमन्त्री प्रचण्डले आज संसद् बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

यस्तै कांग्रेसकै आग्रहमा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सारिएको थियो ।