बुटवल,२६ पुस ।
नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवल उपमहानगर समितिको तेश्रो अधिवेशनले पुनः उदय परियारलाई अध्यक्षमा चयन गरेको छ ।
अधिवेशनले परियारको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको हो ।
समितिका उपाध्यक्षमा वेदलाल खनाल,सचिबमा प्रकाश खनाल, सहसचिबमा पुरुषोतम खनाल, कोषाध्यक्षमा कमल विसी, सहकोषाध्यक्षमा भेगराज पौडेल चयन भएका छन । यस्तै महिला सदस्यमा बिमला मुखिया, सदस्यहरुमा सिताराम महतो, चिन्तामणी उपाध्याय, केसर बहादुर खड्का, यम बहादुर एसके थापा र प्रेम बहादुर ज्ञवाली चयन भएका छन ।
नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवल उपमहानगर समितिका अध्यक्ष उदय परियारले संघमा आबद्ध भएका टेम्पु तथा ई–रिक्सा चालकको पक्षमा काम गर्दै आएको जानकारी दिए । उनले दुर्घटना हुँदा बिमासँगै चालकलाई समस्या पर्दा सहजिकरण गर्दै आएको बताए ।
संघले मजदुरहरुको हक हितमा काम गरेको बताउँदै परियाले संघलाई लुम्बिनी प्रदेश स्तरमा विस्तार गरिने बताए । लुम्बिनी प्रदेशका १२ जिल्लामा छरिएर रहेका टेम्पु तथा ई–रिक्सा चालकलाई संघमा आबद्ध गर्दै मजदुरवर्गको हक अधिकारमा आवाज उठाउने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल ट्रड युनियन काँग्रेसका जिल्ला सदस्य विष्णु प्रसाद पौडेलले संघले मजदुरको हकहितको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिए ।
संघका जिल्ला अध्यक्ष लालमणी भण्डारीले स्वरोजगारमुलक पेशमा लागेका टेप्पु तथा ईरिक्सा चालकलाई संघले एकीकृत गर्ने काम गरेको बताए ।
तिलोत्तमा नगर समितिका अध्यक्ष शेषकान्त भुसालले स्वरोजगार बन्ने युवाको रोजाईमा विद्युतीय रिक्सा परेको बताए ।
२०७२ सालमा स्थापना भएको संघमा २०० जना सदस्यहरु रहेका छन ।






