बुटवल,२१ पुस । लघुबित्त वीत्तीय संस्था पिडितहरूले बुटवलमा बिराेध प्रदर्शन गरेका छन् ।
देशका विभिन्न ठाउँबाट उपस्थित भएका पिडितहरुले संघर्ष समिती नै बनाएर आज प्रर्दशन गरेका हुन । बुटवलको राजमार्ग चौराहा चोकबाट सुरु भएको र्याली, मिलनचोक, हस्पिटल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
आर्थिक क्षेत्रमा पिछडीएका महिलाहरुको समुह बनाएर लगानी गर्दै आएका लघुवित्त वीत्तीय संस्थाहरूले महिलाहरुलाई पिडित बनाएको उनिहरुकाे दाबी छ ।
दुर्गम क्षेत्रका महिलाहरुलाई ऋणको भारी थोपारेर लघुवित्त वीत्तीय संस्थाहरूले मिटर ब्याजी रूपमा रकम अशुल गरेर घरबाहर विहिन बनाएको उनिहरुले आरोप लगाएका छन ।
लघुवित्त वीत्तीय संस्थाहरुले ऋण दिएर गरिब विपन्न वर्गलाई ऋण दिएर झ्नै गरिबी बनाउने गरेको कोणसभामा बोल्ने बक्ताहरुले बताए । मासिक किस्ता असुली गर्दा सामजिक बदनाम गर्ने,आत्महत्या गर्न प्ररित गर्नु, गाली बेईज्जत गर्दै लघुवित्तका कर्मचारीहरुले विभिन्न नाउममा धम्काउन गरेको उनिहरुले गुनाशो गरे ।

एक हजार भन्दा बढि पिडितहरुले बुटवलमा प्रर्दशन गरेका हुन् । नवलपरासी, रुपन्देही,कपिलबस्तु र दाङबाट पिडितहरुको सहभागिता रहेको थियो ।
लघुवित्त वीत्तीय संस्था बिरूद्वकाे संघर्ष समिति लुम्बिनी प्रदेश संयाेजक गगन बहादुर बिककाे सभापतित्प र केन्द्रीय संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न काेणसभामा केन्द्रीय संघर्ष समितिका उपाध्यक्षद्वय फत्तबहादुर पुन मगर,मणि प्रसाद चाैलागाई,केन्द्रीय सचिव रमेश तामाङ,गण्डकी प्रदेश संयाेजक नरमदा शाह,प्रदेश नं १ का संयाेजक सुशीला थापा लगायतले लघुवित्त वीत्तीय संस्थाहरूले दुर्गम तथा पिछडिएका समुदायका महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर ऋण लगानी गर्ने र चक्रवर्ती ब्याज सहित अशुल गरेर पिडित बनाएको भन्दै लघुवित्त वीत्तीय संस्था खारेजीको माग गरेका थिए ।