बुटवल,२१ पुस । यात्रुकाे चहलपहल हुनुपर्ने भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय बिमानस्थल यतिबेला सुनसान छ । अन्तररास्ट्रिय उडान हुँदै आएकाे बिमानस्थल सुनसान हुन थालेकाे २ हप्ता भयाे । जजिरा एयरलाइन्सले साताको तीन दिन कुवेतदेखि उडान भर्दै आएका थिए । अहिले भने खराब मौसमकाे कारण देखाउँदै एयरलाइन्सले उडान स्थगन गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत जेठ २ मा बुद्ध जयन्तीका अवसर पारेर विमानस्थल उद्घाटन गरेका थए । त्यही दिनबाट कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियाे ।
यहाँबाट उडान हुन थालेपछि स्थानीय सरोकारवाला र निजी क्षेत्रका लगानीकर्ता उत्साहित थिए । तर सरकारले भएका उपकरणकाे सदुपयोग गर्न नसक्दा ३० अर्बमा बनेकाे बिमानस्थल अहिले सुनसान बनेका छ । बिमानस्थल निर्माण गर्न उत्साहित भएकाे सरकार त्यसबाट लाभलिन भने चुकेकाे छ ।






