काठमाण्डौ,२० पुस ।
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि निर्देशन, २०७९ को पुनरसंरचना गरेको छ । उद्योगि ब्यवसायीको दबाबपछि राष्ट्र बैंकले बुधबार जुममार्फत निर्देशन संशोधन गर्दै चालू पुँजी कर्जाको प्रोभिजन समय हेरफेर गर्दै सोमा लाग्ने चार्ज समेत हटाएको हो ।
चालु पुँजीकर्ता भुक्तानीलाई ५ किस्तामा विभाजन गर्दै बैंकले २०८२ असार मसान्तसम्म बाँकी भुक्तानी गरे ऋणीले प्रोभिजनबापत लाग्ने कुनै सुल्क नलिने बैंकले घोषणा गरेको छ । २०८० असारदेखि सुरु भएर २०८२ भन्दा अघिनै भुक्तानी भए तोकिएको सीमा भन्दा माथिको सुल्क नलिने बैंकको भनाइ छ ।
यसअघि ५० लाखसम्मको सीमा तोकिएकोमा अब सोलाई १ करोडसम्म मानिने बैंकले जनाएको भने २ करोडको सीमामा कुनै परिवर्तन गरिएको छैन ।
यस्तै, बैंक तथा वित्तीय कम्पनीहरुका लागि निक्षेप कर्जाको विवरण वर्षमा चार पटक प्रकाशित गर्नुपर्ने प्रावधान यथावत् राख्दै कम्तिमा एकपटक आकस्मिक रिपोर्ट जारी गर्नुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा निर्देशन, २०७९ का कारण उद्योगि ब्यवसायी समस्यामा परेको भन्दै आन्दोलन गर्दै आएका थिए ।






