काठमाण्डौ,१९ पुस ।
नेपाल टी–२० प्रिमियर लिग क्रिकेट अन्तर्गत मंलवार भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई पाँच रनले हराएको छ ।

लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनायो ।
जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले २६÷२६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले समान दुई÷दुई विकेट लिए ।

यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनाएको थियो ।
लुम्बिनीका लागि हरमीत सिंहले ७३ र लाहिरु मलिन्थाले ३३ रन बनाए । जनकपुरका शराफउद्दिन अशरफले तीन विकेट लिए ।

यो जितसँगै लुम्बिनी आठ खेलमा १४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलमा १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहेको छ ।