काठमाण्डाै,१९ पुस ।
नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आज मङ्गलवार लेखकलाई प्रमुख सचेतक पदमा मनोनीत गरेका हुन् ्।
पार्टी सभापति समेत रहेका देउवाले पार्टीको ससंदीय दलको विधानअनुसार नेता लेखकलाई प्रमुख सचेतकमा मनोनित गरेकाे देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।






